कमल भण्डारी - राजनीति बिना जीवन चलाउन गाह्रो हुदो रहेछ, भन्ने सन्देश नेकपा नेतृत्वको सरकारले प्रतिनिधि सभा बिघटन पछिको दृष्यलाई अवलोकन गर्न सकिन्छ । दुई तिहाइ जनमत प्राप्त दलले पनि सरकार चलाउन हम्मे हम्मे हुन्छ, भने अब कति तिहाइ जनमत प्राप्त गरे मात्र सरकारको कार्यकाल पाँच बर्ष टिकाउ हुने हो । तमाम नेपाली जनले एकपटक मूल्यांकन गर्नु पर्ने देखिन्छ ।
पचास पृष्ठको लामो घोषणा पत्रले अंगिकार गरेको सुखि नेपाली समृद्र नेपालको सपना बिच बाटोमा नै दुर्घटना भई क्षत बिक्षत अवस्थामा एक पक्ष सडक एक पक्ष सदनमा निधार र अनुहारमा खरानी धसेर एकले अर्को पक्षलाई चिन्न गाह्रो भएको छ ।
नेतृत्वको बोलिमा सधै जनता र देशको लागि मात्रै भनेर सम्बोधन गरेको देखिन्छ र सुनिन्छ । के अहिले जनताको अपेक्षा यहि थियो र जनमत र जनसमर्थन प्राप्त दललाई पाँच बर्ष राजकीय भूमिका निर्बाह गरी देशको बिकास मोडेल परिर्वतन गर्नु भनि दिएको जनादेश खाडलमा पुर्ने काम मात्रै भयो । यसको जिम्मेवारी तिन करोड नागरिकले बोक्नु पर्ने कस्तो बाध्यता हो । नेता महोदयको यसमा नजर लागेको कहिले देखिदैन ।
हिजो फरक बिचार दर्शन धारको राजनीतिबाट सुरूवात भएका कम्युनिष्ट प्रतिनिधि सभाको चुनावमा बाम तालमेल र चुनाव पछि पार्टी एकताको घोषणा गरी दुई तिहाइ जनमत प्राप्त भयो । यो जन समर्थनमा धैरै आयामहरू छन । स्थायित्व, विकास र समृद्धिको नारा लिएर देश भरी अभियान संचालन भए त्यहि नारालाई नेपाली जनले विश्वास गरी नेकपालाई मतदान गरी भारी मतले देश भरीबाट जनताले कम्युनिष्ट पार्टीलाई अनुमोदन गरे । लामो दशकको इतिहास यो मात्रै पहिलो पटक होला जनताले भरोसा गरी राजकीय भूमिका निर्वाह गर्न म्यान्डेट दिएको ।
वाम एकतलाई दिएको जनादेश विकास। सुखी। खुशी र समृद्ध नेपालको लागि थियो । स्थायी सरकाले दिर्घकालिन योजना तय गरी देशलाई आमूल परिवर्तन गर्न सक्ने क्षमता नेकपामा थियो । शिक्षा स्वास्थ्य रोजगारी कृषि सडक उर्जा पूर्वाधारमा कम्युनिष्ट नेतृत्वले योजना सहित कार्यान्वयन गर्छ भन्ने जन जनमा बिश्वास थियो । तर झन्डै तिन बर्षको अन्तरालमा पनि जन अपेक्षा अनुसार कार्य हुन सकेन केहि काम भएका पनि छन । यसको लागि सरकार धन्यवादको पात्र पक्कै हुन्छ । तर जो अपेक्षा थियो । त्यो उपलब्ध हुन सक्ने सरकारको नेतृत्वले कहिले पनि कमी कमजोरी र सरकार संचालन कार्यान्वयनमा भएको ढिलाइमा नजर बन्देज, कान बन्द गरी बस्यो । अहिलेको कारक समस्या यहि नै हो । बोलि र व्यवहारको तालमेल नमिल्दा यसको ठिक बिपरित जनमतको हुर्मत भयो ।
माथिल्लो नेतृत्वमा बिबाद, दम्भ र अंहकार धैरै देखियो । चुनाव भनेको अवधिक हो भन्ने समेत हेक्का नभएको देखियो । बोलि एक व्यहार अनेक देखियो । दुई जनामा एकता र कार्य बिभाजन गर्न सकिन्न भने सिङगो देशलाई एकताको सुत्रमा बाधेर कसरी अगाडी बढन सक्छन होला ? अहिलेको नेतृत्वमा देखिएको तिन जनाको मूलभूत समस्याले गर्दा पार्टी र कार्यकर्ता झुण्डमा परिणत भए । देश संविधान अस्थिरता तर्फ धकल्ने प्रयास भयो । असफल नेतृत्वलाई दोस्रो तहमा नेतृत्वले जुन भूमिका निवार्ह गर्नु पर्ने थियो । तर त्यस खालको पहलकदमी हुन सकेन । अब आउने नेतृत्वले बुढो कमरेडको पुरानो बिचार अंगिकार गरी हिडने कि, युग सुहाउँदो बिचार दर्शन अवलम्बन गरी देश जनताको मागलाई मध्य नजर गरी युवाले नेतृत्व लिन अठोट गर्ने हो । कि आठ लाख कार्यकर्ता भएको पार्टी भित्र उर्जा र क्षमतावान युवा कार्यकर्ताको खडेरी भएकै हो त ? यदी होइन भने युवा नेतृत्वले अब नेकपा हाक्नु पर्छ । बुढो कमरेडहरुको नेकपा भित्रको खैलाबैला साम्य पार्न अब युवा कमरेडहरुले अठोट लिनु पर्दछ ।
निर्वाचन आयोगले पनि नेकपा व्यबहारीक रूपमा अलग भए पनि कानुनी रूपमा अलग भएको छैन भनेर सम्बोधन गरी सकेको अबस्था छ । त्यसकारण राजनिति भनेको सम्भावनाको खेल हो भन्ने नेतृत्वलाई राम्रो हेक्का छ । त्यसकारण देश र जनताको माग र अहिलेको आबश्यकता भनेको बिभाजन होइन एकता नै पहिलो प्राथमिकता हो । बिगतको कमी कम्जोरीलाई आत्म आलोचना गरी पार्टी एकता भयो भने अहिलेको जुन सडक र सदनमा देखिएका घिन लाग्दा दृष्य समाप्त पनि हुन्छन । संविधानले अंगिकार गरेको सरकारको कार्यकाल दिगो हुन्छ । भोलि यस्ता पार्टीको आन्तरिक बिवादका कारण प्रतिनिधि सभा बिघटन जस्ता हर्कत निषेध हुनेछन ।
अहिलेको आवश्यकता भनेको बिभाजन होइन एकता नै मूल मन्त्र हो भन्ने हेक्का नेतृत्वलाई जानकारी हुनपर्दछ । यदि एकता भंग र प्रतिनिधि सभा बिघटनको प्रक्रिया सर्वोच्च अदालतले सदर गर्यो भने अबको नेकपा भनेको हिजो नेकपा एमाले बिभाजन हुदाँ जुन अवस्थामा पार्टी नेतृत्व पुगेको थियो । त्यही अवस्थामा थचारीएर बस्ने अवस्था पक्कै हुन्छ । जनता र कार्यकर्ताले नेकपा भन्ने दलमा लाग्नु भनेको माकुराको जीवनचक्र जस्तै हो भन्ने बुझ्ने छन ।