Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अधिकारकर्मीको पहलमा १४ वर्षीया बालिकाको विवाह रोकियो

अधिकारकर्मीको पहलमा १४ वर्षीया बालिकाको विवाह रोकियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७७ आइतवार • १०:३३:१४ बजे
  • 1.7K
    SHARES
  • अधिकारकर्मीको पहलमा १४ वर्षीया बालिकाको विवाह रोकियो

    सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् ।

    images


    सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो । ‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुःखद् भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताए ।


    ती बालिकाको घरको परिवारिक स्थिति नाजुक रहेका कारण परिवारले विवाह गरिदिन लागेका बताइएको छ । बालिकाले विवाह भन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # विवाह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology