Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सबैको साथ रहँदा–रहँदै सनकको भरमा प्रधानमन्त्रीद्वारा संसद विघटनः अधिवक्ता अधिकारी

सबैको साथ रहँदा–रहँदै सनकको भरमा प्रधानमन्त्रीद्वारा संसद विघटनः अधिवक्ता अधिकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७७ आइतवार • १५:५६:४९ बजे
  • 1.2K
    SHARES
  • सबैको साथ रहँदा–रहँदै सनकको भरमा प्रधानमन्त्रीद्वारा संसद विघटनः अधिवक्ता अधिकारी

    प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आइतवार पनि सर्वोच्च अदालतमा बहस जारी छ । प्रतिनिधि सभाको विघटन गैर–संवैधानिक रहेको दाबीसहित परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा यही माघ ४ गतेदेखि नियमित बहस भइरहेको छ ।

    images

    अहिलेसम्म प्रतिनिधि सभा विघटन विरुद्धमा परेका रिटमाथि बहस भइरहेको छ, पक्षमा भने बहस हुन बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको र यो लोकतन्त्रविरोधी काम भएको वरिष्ठ अधिवक्ताहरुले बताउँदै आएका छन् ।


    आइतवारको बहसमा अधिवक्ता कीर्तिनाथ पौडेल र खिमानन्द अधिकारीले प्रधानमन्त्रीको दलभित्र समस्या देखियो भन्दैमा प्रतिनिधि सभा नै विघटन गर्नु अत्यन्तै गैर–संवैधानिक कदम भएको बताएका छन् ।


    देश नै बर्बादीतर्फ गएको जस्तो गरेर प्रधानमन्त्रीले ताजा जनादेशको जिकिर गरिरहेको भन्दै अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्रीलाई संसद, कर्मचारी, नागरिक सबैको साथ रहँदा–रहँदा पनि सनकको भरमा प्रतिनिधि सभा विघटन गरेको दाबी गरे । सरकार बनिसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको कुरा संविधानमा कल्पना पनि नगरिएकाले यसको पुनस्र्थापनामा हुनैपर्ने अधिवक्ता अधिकारीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा विघटन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology