Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज थपिए १५९ संक्रमित, २६४ जना डिस्चार्ज

आज थपिए १५९ संक्रमित, २६४ जना डिस्चार्ज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७७ सोमवार • १७:१८:४५ बजे
  • 1.1K
    SHARES
  • आज थपिए १५९ संक्रमित, २६४ जना डिस्चार्ज

    नेपालमा आज थप १५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

    images

    अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ११८ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ ।

    कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छैन । अहिलेसम्म मृत्यु हुनेको संख्या २०२९ रहेको छ ।

    देशभर आज सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८९ पुगेको छ भने क्वारेन्टिनमा ९७ जना छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology