Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विप्लव’ समूहसँग वार्ता गर्दै सरकार

विप्लव’ समूहसँग वार्ता गर्दै सरकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७७ मंगलवार • १०:२३:३८ बजे
  • 1.2K
    SHARES
  • विप्लव’ समूहसँग वार्ता गर्दै सरकार

    सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ ।नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन् ।

    images


    प्रधानमन्त्री ओली सकारात्मक भएपछि सरकारी पक्षले विप्लव पक्षसँग वार्ताको प्रयासबारे सूचना पुर्‍याइसकेको छ । त्यसका लागि सरकारले आफूनिकट विभिन्न समूहलाई परिचालनसमेत गरेको बुझिएको छ । सरकारले छिट्टै वार्ता समिति बनाउने पनि तयारी गरेको छ ।


    स्रोतका अनुसार, सरकारले विप्लव समूहमाथि लगाएको प्रतिवन्धसमेत फुकुवाको तयारी गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

  • सम्बन्धित विषय:

  • # वार्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology