Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सिन्धुपाल्चोकमा बस दुघर्टना, १६ जना घाइते

सिन्धुपाल्चोकमा बस दुघर्टना, १६ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७७ मंगलवार • १६:१०:२५ बजे
  • 1.0K
    SHARES
  • सिन्धुपाल्चोकमा बस दुघर्टना, १६ जना घाइते

    सिन्धुपाल्चोकमा बस दुघर्टना हुँदा १६ जना घाइते भएका छन् ।मङ्गलवार दोलखाको बुलुङबाट काठमाडौँका लागि छुटेको रोल्वालिङ यातायातको बा २ ख २७८९ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ भिरकुनामा दुघर्टना हुँदा १६ जना घाइते भएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् ।

    images


    घाइतेको खाडीचौरको अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिए । तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको बताइएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ ।


    सिन्धुपाल्चोकको मुडे प्रहरी पोस्टमा बसमा १५ जना यात्रु रहेको विवरण रहे पनि बीचमा यात्रु चढेकाले २५ जना जति यात्रु बसमा रहेको अनुमान गरिएको एसपी अधिकारीले बताए ।

  • सम्बन्धित विषय:

  • # बस दुघर्टना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology