Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित मध्ये हालसम्म ९८ दशमलव ४ प्रतिशत संक्रमित निको

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित मध्ये हालसम्म ९८ दशमलव ४ प्रतिशत संक्रमित निको

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७७ मंगलवार • १९:०७:०३ बजे
  • 1.1K
    SHARES
  • नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित मध्ये हालसम्म ९८ दशमलव ४ प्रतिशत संक्रमित निको

    नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित मध्ये हालसम्म ९८ दशमलव ४ प्रतिशत संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये ६४ दशमलव ९८ प्रतिशत पुरुष र ३५ दशमलव २ प्रतिशत महिला निको भइसकेका छन् ।

    images


    यस्तै आज थप २ सय ५९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । यो सँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ ।

    आज देशभर २ हजार ९ सय ४६ वटा नमुनाको परीक्षण गर्दा १ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

    कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या २ हजार ३० पुगेको मन्त्रालयले जनाएको छ ।

    यस्तै २ हजार ४ सय सक्रिय संक्रमित मध्ये ६८ जनाको आइसियु र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology