Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चन्द्रपुरमाथि वालिङ ३–० ले विजयी

चन्द्रपुरमाथि वालिङ ३–० ले विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७७ मंगलवार • १९:०९:१४ बजे
  • 1.7K
    SHARES
  • चन्द्रपुरमाथि वालिङ ३–० ले विजयी

    काठमाडौमामा जारी महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिका स्याङ्जाले चन्द्रपुर नगपालिकामाथि ३–० को सहज जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा वालिङलाई जित दिलाउन विदेशी खेलाडी गोल गरे । खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी टोउटा ओर्नेलाले फ्रिकिकबाट गोल गर्दै वालिङलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

    images

    पहिलो हाफ सकिने अन्तिम मिनेटमा खेलको ४५ औं मिनेटमा क्यामरुनकै मेथो रुथले गोल गर्दा वालिङले पहिलो हाफमा २–० को अग्रता पाएको थियो । ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३–० को अग्रता दिलाइन् । त्यसपछि चन्द्रपुरले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र वालिङले सहज जित निकाल्न सक्यो । मंगलबारको जितसँगै वालिङले जारी लिगमा दोस्रो जित निकालेको छ ।


    जितसंगै वालिङले ६ खेलमा ८ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै पराजित चन्द्रपुरले ६ खेलमा ३ अंकमात्र जोडेको छ । चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । महिला लिगमा बुधबार दुई खेल हुनेछन् । पहिलो खेल चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली एपिएफ तथा दिनको दोस्रो खेल नेपाल पुलिस क्लब र विराटनगर महानगरपलिका मोरङबीच प्रतिस्पर्धा हुनेछ । बुधबारका खेल सँगै महिला लिगको संस्करण सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology