Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संक्रमण घटेसँगै मास्क प्रयोगमा कमी

संक्रमण घटेसँगै मास्क प्रयोगमा कमी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७७ बुधवार • १०:०२:२३ बजे
  • 1.5K
    SHARES
  • संक्रमण घटेसँगै मास्क प्रयोगमा कमी

    कोरोना भाइरस(कोभिड–१९)को महामारीसँगै जनजीवन सामान्य बन्दै गएपछि मास्क प्रयोगमा कमी आउनथालेको छ । कोरानाकालमा मास्कबिनाका मुहार बिरलै देखिए । कहिल्यै मास्क नलगाउनेले पनि कोरोनाको भयले मास्क लगाएका थिए । केही समयअघि नेपालमा कोभिड–१९ विरुद्धको भ्याक्सिन भित्रिएसँगै मानिसको मुखबाट मास्क पनि बाहिरिन थालेको छ ।

    images

    सार्वजनिक सवारी साधनमा चालक, सहचालक, यात्रुदेखि पसलका व्यापारी, सामान किन्ने ग्राहक तथा बाटोमा हिँड्ने कतिपय बटुवासमेत मास्क बेगर देखिन थालेका छन् ।


    जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले हाल सङ्क्रमण र मृत्युको दर घट्ने क्रम रहेकाले मानिसहरूले मास्क बेवास्ता गर्न थालेको बताउँदै हाल सङ्क्रमणको सङ्ख्या पनि १५० देखि दुई सयको हाराहारीमा भएका कारण मास्क लगाउने दर घटेको हुन सक्ने तर्क गर्नुभयो । डा. पाण्डेले खोप आए पनि अहिल्यै सर्वसाधारणसम्म नपुग्ने भएकाले मास्क अनिवार्य रूपमा लगाउनसल्लाह दिनुभयो ।


    सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन मानिसले मास्कका साथै सबै खालका जनस्वास्थ्यका मापदण्ड बिर्सिंदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology