Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतले बाटो बनाउने क्रममा महाकालीमा खसालेको चट्टान पन्छाउने काम जारी

भारतले बाटो बनाउने क्रममा महाकालीमा खसालेको चट्टान पन्छाउने काम जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७७ बुधवार • १३:०१:१६ बजे
  • 1.1K
    SHARES
  • भारतले बाटो बनाउने क्रममा महाकालीमा खसालेको चट्टान पन्छाउने काम जारी

    बाटो बनाउने क्रममा दार्चुलाको महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु भएको छ । अहिले भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ ।

    images

    भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्मा क्षेत्रमा चट्टान खसेको थियो । पहिरो खसेको ठाउँ दार्चुलाको ब्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ । महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।


    सतर्कताका लागि जिल्ला प्रशासन कार्यलय कन्चनपुरले अनुरोध गरेसँगै नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली चट्टान झरेको ठाउँमा पुगेर फर्किएको छ । टोलीले चट्टानका कारण धेरै जोखिम भने नरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology