Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भाटभटेनीका सञ्चालकसँग विशेष अदालतले माग्यो २ करोड धरौटी

भाटभटेनीका सञ्चालकसँग विशेष अदालतले माग्यो २ करोड धरौटी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७७ बुधवार • १८:३१:११ बजे
  • 1.4K
    SHARES
  • भाटभटेनीका सञ्चालकसँग विशेष अदालतले माग्यो २ करोड धरौटी

    देशभित्रै ठूलै हल्लीखल्ली मच्चाएको तथा धेरै नेताहरुको मुछिएको काठमाडौस्थित बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग विशेष अदालतले २ करोड रूपैयाँ धरौटी माग गरेको छ।बालुवाटारस्थित ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपको मुद्दामा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग विशेष अदालतले २ करोड रूपैयाँ धरौटी माग गरेको हो ।

    images

    बुधबार न्यायाधीशहरु प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि गुरुङसँग २ करोड धरौटी माग गरिएको हो । धरौटीमा रकम बुझाएमा गुरुङ रिहा हुनेछन् भने बुझाउन नसके पुर्पक्षका लागि थुनामा जानेछन् । गुरुङ परिवारका नाममा २०७६ फागुन २३ गते १५ दिने म्याद जारी भएको थियो।


    बालुवाटारको सरकारी जग्गाको गैरकानूनी किनबेचमा व्यवसायी गुरुङसँगै उनका छोरा कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # २ करोड धरौटी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology