Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुसले सबैभन्दा पहिले बनायो कोरोनाविरुद्धको भ्याक्सिन,बेलायत र चीन पछि परे कै हुन ?

रुसले सबैभन्दा पहिले बनायो कोरोनाविरुद्धको भ्याक्सिन,बेलायत र चीन पछि परे कै हुन ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७७ सोमवार • १९:१७:१० बजे
  • 1.8K
    SHARES
  • रुसले सबैभन्दा पहिले बनायो कोरोनाविरुद्धको भ्याक्सिन,बेलायत र चीन पछि परे  कै हुन ?

    एजेन्सी । रुसको सेचेनोभ मेडिकल युनिभर्सिटीले कोरोना भाइरसविरुद्धको सफल परीक्षणको दावी गरेको छ । आइतबार मानवमा परीक्षण गरिएको र सफल भएको पहिलो कोरोनाविरुद्धको भ्याक्सिन भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार पनि आएको छ । इन्स्टिच्युट फर ट्रान्सलेसन मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वदिम तरासोवले यो कुराको दावी गरेका छन् ।

    images

    रुसको न्युज एजेन्सी टिएएसएसका अनुसार १८ जुनमा भ्याक्सिनको पहिलो मानव क्लिनिकल परीक्षण गरिएको थियो । पहिलो परीक्षणमा १८ जना स्वयंमसेवकले भाग लिएका थिए । त्यसपछि जुन २३ मा दोस्रो चरणको परीक्षण २० जनामा गरिएको थियो ।

    रसियाको समाचार सार्वजनिक भएसँगै धेरैले अहिलेसम्म सबैभन्दा अगाडि रहेका चीन र बेलायत पनि पछि परेकी भन्ने प्रश्न गरेका छन् । तर अनुसन्धानमा संलग्नहरुले भने यो भ्याक्सिनकै पहिलो चरणको मानव परीक्षणमात्र भएको बताएका छन् ।

    वैज्ञानिकहरुले कुनै पनि भ्याक्सिनको पहिलो चरणमा २० देखि ८० जनामा परीक्षण गरिने र फरक फरक मितिमा गरिने जनाएका छन् । त्यसैले रसियामा उत्पादन भएको भनिएको भ्याक्सिनले पहिलो चरणमात्र पार गरेको देखिएको छ ।

    विश्व स्वास्थ्य संगठनले अहिलेसम्म जम्मा तीनवटा भ्याक्सिनमात्र तेस्रो चरणको क्लिनिकल परीक्षणमा पुगेको जनाएको छ । जसमा चीनका दुई र अक्सफोर्ड विश्वविद्यालय बेलायतको एकमात्र रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology