नेपालको इतिहासमा पहिलोपटक दलित सचिवमा बढुवा भएका छन् । सहसचिव डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका हुन् ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा. विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा पहिलोपटक दलित समुदायको सचिवमा विकको नाम लेखिएको छ । पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका हुन् । खाद्य सुरक्षाबारे उनी राम्रो जानकार छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।