Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हिउँ पर्न थालेपछि मनाङको आगो नियन्त्रणमा आउँदै

हिउँ पर्न थालेपछि मनाङको आगो नियन्त्रणमा आउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७७ शुक्रवार • १९:२१:३१ बजे
  • 2.0K
    SHARES
  • हिउँ पर्न थालेपछि मनाङको आगो नियन्त्रणमा आउँदै

    लामो समयदेखि मनाङको जङ्गलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको छ । मनाङमा हिउँ नपरेपछि जङ्गलमा लागेको आगो हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै गएको छ ।

    images

    झण्डै दुई महिनादेखि लागेको आगो नियन्त्रणमा आउन कठिन भएको अवस्थामा मौसमी परिवर्तनले मनाङको आगो नियन्त्रणमा आउँदै गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । मौसमी परिवर्तनले पहाडी तथा तराई क्षेत्रमा वर्षा भएसँगै हिउँ परेपछि आगो आफै नियन्त्रणमा आउन लागेको लामिछानेले बताए ।
    मानव संशाधन प्रयोग गरेर नियन्त्रणमा लिन नसकेको आगलागीलाई प्रकृतिले नियन्त्रण गरेको उनको भनाइ छ ।


    लामो समयदेखि मनाङका विभिन्न जङ्गलमा लागेको आगोले केही गाउँ, बस्ती जोगाउन हम्मेहम्मे परेको थियो । हिउँ नपर्दा लागेको आगोले त्यस क्षेत्रका मानवीय बस्ती जोगाउन मुस्किल भएकै थियो भने जङ्गली जनावरको बासस्थान मासिएका छन् । कति जङ्गली जीवजन्तु मासिएका छन् भन्नेसमेत यकिन गर्न सकिएको छैन ।

    मनाङको जङ्गलमा संरक्षित पशुपक्षीको बासस्थान मासिँदा स्थानीयवासीसमेत चिन्तित बनेका छन् । मनाङको जङ्गलमा घोरल, चितुवा, भालुलगायतका विभिन्न पशुपक्षीको बासस्थान मासिएको छ । मानव बस्ती जोगिए पनि जङ्गली पशुपक्षीको बासस्थान भने जोगिएको छैन ।

    हिउँ परेपछि आगो नियन्त्रणमा आउँदा सुरक्षित महसुस भएको नासो गाउँपालिका ८ ताजैगाउँकी स्थानीय काशी गुरुङले बताए । हिउँ परेपछि मनाङवासी अहिले हर्षित भएका छन् । हिउँ परेपछि आगो नियन्त्रणमा आउनु र हिउँले उत्पादनमा टेवा पु¥याउने भन्दै मनाङवासी हर्षित भएका हुन् ।

  • सम्बन्धित विषय:

  • # हिउँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology