Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा युएईबाट आएका थप एक जनामा कोरोना पुष्टि

म्याग्दीमा युएईबाट आएका थप एक जनामा कोरोना पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७७ शनिवार • ००:५१:१४ बजे
  • 1.8K
    SHARES
  • म्याग्दीमा युएईबाट आएका थप एक जनामा कोरोना पुष्टि

    मयूरपाटी - म्याग्दीमा खाडी मुलुक युएईबाट आएका थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    images

    म्याग्दी मालिका गाउँपालिका–३ रुम घर भएका ३० बर्षिय यूवामा शुक्रबार कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताएका छन । गत जेठ महिनाको २३ गते यूएईबाट आएका यूवा म्याग्दी बहुमुखरी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।

    उनको गएको जेठ महिनाको ३० गते पिसिआर परीक्षणका लागि पठाएको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा पोजेटिभ देखिएको थियो । 'संक्रमितको अवस्था समान्य छ,‘उनलाई मध्यरातमै आइसोलेसन कक्षमा राखिसकिएको छ’ । कोरोना संक्रमित यूवाको ट्राभल हिस्ट्री लगायतका विवरण छिट्टै लिने तयारी भएको छ ।

    यस भन्दा पहिले  भारतबाट आएका तीनजनामा कोरोना पोजेटिभ देखिएको थियो । अहिले सम्ममा म्याग्दीमा कोरोना संक्रमतिको संख्या ४ पुगेको छ । भारतबाट आएका तीनजना जनामध्ये मालिका गाउँपालिका–४ ओखरबोटका ३१ बर्षिय यूवा र मंगला गाउँपालिका–४ बरंजाका १९ बर्षिय यूवाको पछिल्लो रिर्पोट नेगेटिभ आएको छ ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology