कालीगण्डकी गाउँपालिका–४ खहरेमा पहिरो जाँदा एकजनाको ज्यान गएको छ भने तीनजना बेपत्ता छन् । पहिरोमा परी पूवएगाविस अध्यक्ष इमानसिंह रानाको मृत्यु भएको हो ।
प्रेमचन्द्र पाण्डे, जीमान संह थापा र टिकाबहादुर थापा पहिरोमा परी बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भैरहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । खानेपानीको मुहान बनाउन जाने क्रममा माथिबाट खसेको पहिरोमा उनीहरु परेका हुन् ।
पहिरोमा परी घाइते भएका हुमनाथ पाण्डे, जिमानसिंह थापा र एक बालक वीरबहादुर रानालाई उपचारको लागि गल्याङस्थित गल्याङ नगर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। थप उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटना स्थल पुगेको छ ।