Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज देशभर घाम लाग्ने

आज देशभर घाम लाग्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७७ आइतवार • १०:०२:४८ बजे
  • 1.6K
    SHARES
  • आज देशभर घाम लाग्ने

    शनिबार पानी परेपछि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान ह्वात्तै घटेको छ ।शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ७ डिग्री सेल्सियस थियो। आइतबार बिहान भने काठमाडौंको तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ।

    images


    आकाश खुलेको र हिमालतिरबाट चिसो हावा आएकाले तापक्रम ह्वात्तै घटेको हो। काठमाडौंका केही ठाउँमा बाक्लो तुषारो पनि परेको छ।बिहानको तापक्रम घटे पनि दिउँसो भने घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाकी मौसमविद् सजिना शाक्यले आज देशभरि घाम लाग्ने बताइन्।पश्चिमी वायुको प्रभाव सकिएको छ। अहिले तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ। दिउँसोतिर घाम लाग्छ,’ उनले भनिन्,‘केही दिन मौसम सफा हुने देखिन्छ।’

    बिहीबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो भने देशका अधिकांश भागमा पानी परेको थियो।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology