Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७७ आइतवार • १२:५३:२६ बजे
  • 1.2K
    SHARES
  • नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

    बेलौरी नगरपालिका–१०, भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुनर्वास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौं महानगरपालिका–१४ का ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।


    ‘‘पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ,’’ उनले भने । उनका अनुसार पक्राउ परेकाबाट नक्कली एक हजारको एकथान र ५०० का दुईथान नोट बरामद गरिएको छ ।


    यसैगरी, विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिकल राखेको भाँडो एकथान र स्टिलका थाल दुईथान बरामद गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # नक्कली नोट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology