Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुई बालिकालाई जबर्जस्ती गरेको आरोपमा पक्राउ

दुई बालिकालाई जबर्जस्ती गरेको आरोपमा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७७ आइतवार • २०:४४:०३ बजे
  • 1.9K
    SHARES
  • दुई बालिकालाई जबर्जस्ती गरेको आरोपमा पक्राउ

    महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा एकैसाथ दुई बालिकामाथि जबर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा–४ बस्ने ४७ वर्षीय पुरन राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।

    images


    पक्राउ परेका राउतले स्थानीय ११ वर्षीया र नौ वर्षीया गरी दुई बालिकालाई शनिबार साँझ साढे ५ः०० बजेतिर गाउँभन्दा १०० मिटर दक्षिणमा रहेको खेसारी (दालबाली) को खेतमा जबर्जस्ती करणी उद्योग गरेको आरोप लगाइएको छ ।


    बालिकाहरु त्यहाँबाट भागी घर आएर आ–आफ्ना आमालाई रुँदै कराउँदै सबै कुरा बताएपछि दुवैका आमाले आरोपितको घरमा गएर गाली बेइज्जती गर्दा कोही घरबाट ननिस्केको र पछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरी घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपित पुरनलाई गए राति १०ः०० बजे पक्राउ गरी ल्याएको थियो ।

  • सम्बन्धित विषय:

  • # जबर्जस्ती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology