Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जातीय बिभेद र मेरो अनुभव

जातीय बिभेद र मेरो अनुभव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७७ सोमवार • ११:०२:५७ बजे
  • 2.4K
    SHARES
  • जातीय बिभेद र मेरो अनुभव

    कामीलाई डाङग्रा र दमाईलाई डूम भन्ने परिबेशमा जन्मिएको ब्यक्ति हू म । तर बाल्याबस्थामै पाएको राजनैतिक र मानवीय चेतका कारण मैले त्यस्तो सम्बोधन गर्न लगभग सानै उमेरमा छोडे । मैले मेरो सम्पूर्ण चेतनाको जस मेरो जन्मभूमी रूकुम अनि त्यहिबाट उद्घाटित माओबादि आन्दोलनलाई नै दिने गरेको छु । अझसम्म नि मेरा मित्रहरुलाई त्यही रूकुम मै सिकेका ज्ञान र वाकपटूताले हायलकायल पार्ने गरेको छु । 

    images

    आजभन्दा करिब ७० बर्स अगाडि मेरो हजूर बुवाको दिदिले हाम्रो गाउकै दलित सङग अन्तरजातीय बिहे गरेर बिद्रोह गरेको मैले धेरै पछि मात्र मेरो अग्रजबाट सुन्न पाएको थिए । उहाको आमाले अरु घरमा हुदा घरभित्र प्रबेश गर्न नदिने अनि अरू कोहि नहुदा चै घरभित्रै लिएर राख्ने गर्नुहुन्थ्यो रे । मैले त्यो पीडा मनले महशुस मात्र गरे । खैर त्यो समय राणाकालको थियो. त्यसपछि प्रजातन्त्र आयो, पन्चायत आयो, प्रजातन्त्र पूनर्बहालि नि भयो, अनि माओबादि जनयुध्द, त्यसपछि गणतन्त्र । यत्रो राजनैतिक परिवर्तन त भो, तर हाम्रो न दिनाचर्या परिवर्तन भो न नै मानसिकता । जगजाहेर भएकै कुरो हो यी सबै परिवर्तनहरु मूलतः जातीय असमानता र अन्य बिभेदका बिरुध्द भएका थिए । हाम्रो घरमा दलितलाई प्रबेश गराईएको लगभग २०५२ सालतिर नै हो । धन्न मेरो दाई यस्ता कुराहरूमा रत्तिभर नि बिश्वाश गर्नुहुन्थेन र हामीले दलित भनेर कहिले पनि उनिहरूलाई अलग ब्यबहार गरेनौ ।

     अरू सामाजिक कारणले गल्ति भए होलान तर जातको कारणले कसैलाई बिभेद गरिएन । मैले त बिभेद गरेको छैन म आफैले चै बरू बेला बेला बिभेद भोगेको छु । कतिपय साथीहरूको घरमा जादा मलाई भान्छा भित्र पस्न बर्जित गरिएको हुन्छ. कतिपय सङग सङगै बसेर खाना खान । मलाई कहिले मगरको छोरो नि कति बाठो भन्ने अनि कहिले के भन्ने गर्छन साथीहरु अझै पनि । म धेरै साथीहरुलाइ चै छेत्रिलाई हलो जोताएर, दलितले पकाएको खाना खाएर नाग पन्चमीमा नाग टास्न हिड्ने मगर हू म भनेर जवाफ दिने गरेको छु । म मगरलाई त यस्तो हुन्छ भने दलित मित्र हरूलाई कठिन नहुने कुरै भएन । यौटा रमाइलो प्रसन्ग नि जोड्न चाहे. मेरो बिहे अन्तरजातीय बिहे हो । बिहे हुदा मलाई एक पटक नि नसोधीकन गोडा धुने कार्यक्रम हटाइएछ ।

    मलाई सोधेको भए मैले आफै नि गोडा धुन त दिन्थेन तर मलाई एक पटक पनि नसोधिएकोमा चै मेरो एतराज रह्यो धेरै पछिसम्म । यो पनि बिभेदको यौटा नमूना हो । पछिल्लो समयमा अन्तरजातीय बिहेहरू सामान्य बन्दै गएपनि मेरा कतिपय पढेलेखेकै मित्रहरुले उपाध्याय नै चाहिने या पानी चल्ने जात भए पुग्ने जस्ता तर्कहरू गर्दै अहिलेसम्म घरजम गर्न नि सकेका छैनन । अचम्मको कुरो केटाहरूलाइ प्रेम गर्न चै जातले रोकेको हुन्न बिहे गर्न चै रोक्दो रैछ । अस्ति मात्र घटेको रूकुम घटनाले त हाम्रो समाज अझै पनि अगाडी बढ्न सकेको रहेनछ भन्ने छर्लन्ग पारीदियो । 

    ज्यान नै सिरिङग पार्ने खालको यस्तो घटनाको जति नै निन्दा गरे पनि कम हुन्छ । दोशीलाई कारबाहि गर्ने कार्यले मात्र यस्ता घटना त कम हुदैनन । जनप्रतिनिधिहरुले नै दलित भएको कारण कोठा नपाएको सुनेकै, पढेकै हो । हामीलाई सच्चिन कति समय लाग्ने हो? यो र यस्तै खाले बर्बरतामा समाज कहिले सम्म रमाउने हो? कथित ठूला जाती भनाउदा मित्रहरुले जवाफ दिनु पर्यो । हैन भने आजको यूगमा सुहाउने हर्कत हो त यो? कि त हामी सबै तल्लो जातका मान्छेहरुलाई तिमीहरुको सम्म्मानपूर्बक बाच्ने अधिकार छैन भन्नुस कि त यस्तो घिर्णित काम रोक्नुस । तपाईहरू यहा ठूलो कुरा गर्नु हुन्छ, भरे आफ्नो दिदि बहिनि कसैले अन्तरजातीय सम्बन्ध उजागर गरेमा नाबिदेखिको बल लगाएर छुटाउन उध्यत हुनुहुन्छ । यसरी हुन्छ सहअस्तित्व? यसरी हुन्छ मानव समाजको परिश्कार अनि उन्नति ? 

  • सम्बन्धित विषय:

  • # जातीय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology