file pic सिन्धुली- कमलामाई नगरपालिका-९ भिमानबाट १ थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुद सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हरिहरपुरगढि गाउँपालिका-३ बस्ने ५१ वर्षीय सार्कीमान लोप्चन, ३७ वर्षीय छेवाङ लोप्चन र ४० वर्षीय पासाङ लोप्चन रहेका छन् ।
काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा।५ च २९८४ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी चालक छेवाङ र कारमा सवार सार्कीमान र पासाङलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।