बाजुरा- बडिमालिका नगरपालिका-९ मार्तडीबाट ५ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ, १ थान तराजु र नगद १५ हजार २ सय ८५ रुपैयाँ सहित एक जना पक्राउ परेका छन।
प्रहरीले गौमुल गाउँपालिका-१ अम्लिस बस्ने ३४ वर्षीय राम बहादुर बोहरालाई आइतबार बेलुका पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले चाँच गर्ने क्रममा बोहराले झोलामा ल्याएको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।