Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बंगलादेश भ्रमण

दुई राष्ट्रपतिको उपस्थितिमा नेपाल र बंगलादेशबीच ४ विषयमा समझदारी

दुई राष्ट्रपतिको उपस्थितिमा नेपाल र बंगलादेशबीच ४ विषयमा समझदारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • ०८:२७:३१ बजे
  • 958
    SHARES
  • दुई राष्ट्रपतिको उपस्थितिमा नेपाल र बंगलादेशबीच ४ विषयमा समझदारी

    पोखरा - बंगलादेश भ्रमणमा रहेकी राष्ट्रपति बिद्या देवी भण्डारीको उपस्थितिमा नेपाल र बंगलादेशबीच ४ विषयमा समझदारी भएको छ। राष्ट्रपति भण्डारी र बंगलादेशका मोहम्मद अब्दुल हमिदको उपस्थितिमा सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    images

    बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा भेटघाटपछि हस्ताक्षर कार्यक्रम भएको हो । नेपाल र बंगलादेशबीच समझदारी भएको विषयहरुमा पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर सिंहबाद रेलमार्गसम्बन्धी रहेका छन् ।

    समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बंगलाादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology