Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हिउँदमा केटुको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीलाई पोखरा परिक्रमा

हिउँदमा केटुको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीलाई पोखरा परिक्रमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २६, २०७७ सोमवार • १५:३४:१६ बजे
  • 964
    SHARES
  • हिउँदमा केटुको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीलाई पोखरा परिक्रमा

    पोखरा —सोमबार पोखरामा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीको टोलीलाई नागरिक अभिनन्दन गरिएको छ । पोखरा पर्यटन परिषद्ले टोलीको उनीहरुलाई स्वागत गरेका हुन ।

    images


    यसै गरी आरोहीको टोलीलाई पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गरेर बजार परिक्रमा गराइएको छ । विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड परिक्रमा गराइएको थियो । टोलीलाई ठाउँ–ठाउँमा पुष्पगुच्छाले स्वागत गरेका थिए ।

    पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिबार आरोहरण गरेर इतिहास रचेका थिए । उक्त हिमालमा यसअघि हिउँदको समयमा कोही आरोही पुग्न सकेको थिएनन् ।


    निर्मल पुर्जा संयोजक रहेको आरोहरण दलमा नेपाली मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा थिए । सेभेन समिट आरोहणबाट सोना शेर्पाले सफल आरोहरण गर्न सफल भएका थिए । उक्त हिमालमा सन् १९८७८८ को हिउँदमा पहिलो प्रयास गरिएपनि सफल आरोहण भने निर्मल पुर्जा नेतृत्वको टोलीले गरेको हो ।

    तस्विर कान्तिपुरबाट 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology