बेलायतको रोयल नेभीकी २९ वर्षकी एक अफिसर विवादमा परेकी छिन् ।
लेफ्टिनेन्ट क्लेयर जेनकिंग्सले एक ए-डल्ट वेबसाइटमा आफ्नो भिडियो बेचेर पैसा कमाइरहेको खुलेको छ ।उनले यी भिडियो सेनाको अत्यन्तै गोप्य आणविक बेसमा बनाइरहेको खुलेको छ ।
क्याली टेलर भनेर पनि चिनिने क्लेयरका अधिकांश भिडियोहरु स्कटल्याण्डको ग्लासगो शहरको फासले न्यूक्लियर सबमरिन हेडक्वार्टरमा खिचिएका छन्डेलीमेलको रिपोर्टअनुसार कमाण्डरले यो कुरा थाहा पाएपछि उनलाई विश्वास नै नभएको एक स्रोतले बताएको छ । क्लेयरले आफ्ना ब्वाइफ्रेण्डसँग ती भिडियो बनाइरहेकी थिइन् ।
उनका ब्वाइफ्रेण्ड पनि नेभी अफिसर हुन् । यी महिला अफिसरको सेनामा समुद्रमा स्पेसल फोर्स तयार गर्ने जिम्मेवारी छ । यसका अलावा टम हक क्रुज मिसाइलप्रति पनि जिम्मेवार यी अधिकारीले वारफेयर अफिसरको रुपमा एक पनडुब्बीको नेतृत्व पनि गरिसकेकी छिन् ।
उनको व्यक्तित्वको अर्को पाटोबारे भने अहिले मात्र खुलासा भएको हो । उनी आफ्ना तस्वीर र भिडियो ओन्लीफ्यान्स जस्ता प्लेटफर्ममा शेयर गर्छिन् र यसबाट राम्रो पैसा कमाइरहेकी छिन् यी भिडियोमा उनी आफ्ना प्रेमी लियाम डोडिंगटनसँग देखिन्छिन् । डिसी नेपालको सहयोगमा