Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नारायण र मेलिनाको स्वरमा सुधिर र प्रतिक्षाको अभिनय (भिडियोसहित)

नारायण र मेलिनाको स्वरमा सुधिर र प्रतिक्षाको अभिनय (भिडियोसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७७ बिहिवार • १७:५०:४९ बजे
  • 4.9K
    SHARES
  • नारायण र मेलिनाको स्वरमा सुधिर र प्रतिक्षाको अभिनय (भिडियोसहित)

    चर्चित गायक नारायण थापा र चर्चित गायिका मेलिना राइको स्वरमा ‘तिम्रो आकर्षणले’ बोलको गीतको भिडियो भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । उक्त सार्वजनिक गीतको भिडियोलाई वेष्ट म्यूजिक नेपालको यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो । निकै नै समय सान्दार्भिक गीतमा ‘तिम्रो आकर्षणले’ गीतकार आनन्द अधिकारीको शब्द रहेको छ भने शिखर सन्तोषले संगीत भरेका छन् ।

    images

    गीतको भिडियोमा पछिल्लो समय निकै नै भाइरल बनेका सुधिर श्रेष्ठ र प्रतिक्षा काफ्लेलाई प्रेमिल जोडीका रुपमा प्रस्तुत गरिएको छ । सुधिर पछिल्लो समयमा चल्तीका मोडल हुन् । प्रेम कथामा आधारित गीतले मायाँ प्रेमलाई नजिकबाट नियालेको छ । भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

    गीतको भिडियोलाई किरण कडेंलले एरेन्ज गरेका हुन् भने शम्भु कुमार तन्डुकारको मिक्सिङ रहेको छ । केशवराज भट्टले कोरियोग्राफी गरेका छन् । प्रकाश धितालले निर्देशन गरेको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् । भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # नारायण र मेलिना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology