Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराका १९ सहित गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि

पोखराका १९ सहित गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २९, २०७७ बिहिवार • १८:४७:२७ बजे
  • 1.7K
    SHARES
  • पोखराका १९ सहित गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि

    पोखरा - पोखराका १९ सहित गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि भएको छ ।

    images

    बिहीबार प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीका १९ जना, स्याङ्गजाका १ जना र पर्वत जिल्लाका १ जना गरी २१ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

    आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ७ सय ७७ पुगेको छ । जसमा ३१४ संक्रिय संक्रमित छन् ।

    पछिल्लो २४ घन्टामा गण्डकीबाट थप ३२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १५ हजार २ सय ६० पुगेको छ, भने कोरोना संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०३ जनाले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology