Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सत्यमोहन जोशी दम्पत्तिले मरणोपरान्त शरीर दान गर्ने

सत्यमोहन जोशी दम्पत्तिले मरणोपरान्त शरीर दान गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३०, २०७७ शुक्रवार • १८:०३:३८ बजे
  • 1.3K
    SHARES
  • सत्यमोहन जोशी दम्पत्तिले मरणोपरान्त शरीर दान गर्ने

    शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् ।

    images

    शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिए । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरिर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतीमा हस्ताक्षर गरेका हुन्।

    शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए । घोषणा कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिन गरेर माइलस्टोन कोर्नुभएको बताए ।

    उनले आफ्नो जीवनमा अनेकौँ इतिहास रच्नुभएकोले सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताए। महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पु¥याउनुहुने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको बताए । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उनको भनाई छ

  • सम्बन्धित विषय:

  • # शरीर दान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology