Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आर बि लामा वाङ्देनको जिरा मसला म्हेन्दो माया म्युजिक भिडियो सार्वजानिक

आर बि लामा वाङ्देनको जिरा मसला म्हेन्दो माया म्युजिक भिडियो सार्वजानिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७७ शनिवार • १२:०५:५५ बजे
  • 3.5K
    SHARES
  • आर बि लामा वाङ्देनको जिरा मसला म्हेन्दो माया म्युजिक भिडियो सार्वजानिक

    चर्चित म्हेन्दो माया तथा तामाङ्ग सेलो गायक आर बि लामा वाङ्देनको म्हेन्दो माया गीत "जिरा मसला "को म्युजिक भिडियो  Damizz Nuwakot को अफिसियल YouTube Channel बाट आज सार्वजानिक भएको छ ।

    images

    तामाङ्ग समुदायको महान पर्व २८५७ औं (लाङ्ग ल्हो ) सोनाम ल्होछारको अवसरमा आर बि लामा वाङ्देनले एक महिना भित्र २ ओटा एल्बम निकाल्न सफल भएका छन् । ३ हप्ता अघि मात्रै लामाले चर्चित म्हेन्दो माया "म्हेन्दो ज्यावा पाटोला " भन्ने म्युजिक भिडियो बजारमा ल्याईएको थियो । उक्त गीत अत्यन्तै चर्चाको शिखरमा रहेको छ ।

    आर बि लामा वाङ्देन अनि देशु गोलेको सुमधुर स्वारमा सजिएको उक्त गीत आर बि लामाले नै सब्द संकलन गरिएको हो । जिरा मसलाको संगीत  चर्चित म्हेंदो माया गायिका तथा संगीतकार मिना लामाको रहेको छ भने माया थोकर र आरम्भ तामाङको अभिनय  रहेको छ ।

    कमल सौरागको संयोजन ,दिल कुमार पोङ्चोथेनको निर्देशन  रहेको म्युजिक भिडियो छाबिराना मगरले एडिट गरिएको हो । ड्रोनमा सुरज गोम्जा,कोरियोग्राफरमा विजय तामाङ्ग (थोकर ) र उक्त  भिडियो संचु थोकरले छायांकन   गरिएको हो ।

    जिरा मसलाको म्युजिक भिडियो हेर्न तलको लिंकमा जानुहोस् ।

  • सम्बन्धित विषय:

  • # जिरा मसला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology