Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढीपहिरोबाट गण्डकी प्रदेशमा पाँच दिनमा ५३ जनाको मृत्यु

बाढीपहिरोबाट गण्डकी प्रदेशमा पाँच दिनमा ५३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७७ बुधवार • ०८:३१:१० बजे
  • 2.3K
    SHARES
  • बाढीपहिरोबाट गण्डकी प्रदेशमा पाँच दिनमा ५३ जनाको मृत्यु

    एकसाता नपुग्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढिपहिरोले ५३ जनाको ज्यान लिएको छ भने अझै ६ जना बेपत्ता छन् । पछिल्लोपटक स्याङजामा मंगलबार बिहानको पहिरोले तीनजनाको ज्यान लिएको छ भने एकजना हराएका छन् । पाँचदिन अवधिमा प्रदेशले ठूलो मानवीय क्षति भोग्नु परेको हो ।

    images
     

    मंगलबार बिहान साढे ९ बजेतिर खसेको पहिरोले स्याङजामा बाढीको क्षति अनुगमन गर्न हिडेको टोलीलाई बगाएको थियो । स्याङजाको कालिगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेमा पहिरो जाँदा पुरिएका उनीहरुमध्ये तीनजनाको मृत्यु भएको र एकजना अझै बेपत्ता रहेको स्याङजाका प्रहरी प्रमुख एसपी बिमलराज कँडेलले बताए । उनका अनुसार बेपत्ता व्यक्तिको खोजी भईरहेको छ ।

    कँडेलका अनुसार मृत्यु हुनेमा कालिगण्डकी–४ का ७२ वर्षीय इमानसिंह राना, ५० वर्षीय टीकाबहादुर थापा र ६० वर्षीय जिमानसिंह थापा रहेका छन् । पहिरोमा हराईरहेका ६५ वर्षीय प्रेमचन्द्र पाण्डेको खोजी भईरहेको छ । पहिरोले बगाएका उनीहरुमध्ये रानाको उपचारको क्रममा मृत्यु भएको थियो भने टीकाबहादुर र जिमानसिंहको दिउँसो अबेर मात्र शव फेला परेको उनले बताए ।

    वडा अध्यक्ष चक्रबहादुर पाण्डेका अनुसार रातभर भीषण बर्षा भएपछि गाउँको बाटोघाटो, खानेपानी अवरुद्ध भएको थियो । गाउँका केही बासिन्दाको घर पनि अप्ठेरोमा परेका थिए । (नागरिक दैनिक)

     

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology