काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने अर्को
खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ ।यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गरेको थियो ।
उक्त जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अङ्क बराबरी गरेको थियो। १४ अङ्क जोडेको पुलिस गोल अन्तरको आधारमा चौथो स्थानमा छ ।
चन्द्रपुर ६ अङ्कसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अङ्क छ, भने आर्मी २२ अङ्कसहित दोस्रो स्थानमा छ ।