Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वर्षाका कारण सप्तरीमा डुबानमा परेका घरहरु भत्किए

वर्षाका कारण सप्तरीमा डुबानमा परेका घरहरु भत्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७७ बुधवार • ०८:३३:५७ बजे
  • 3.6K
    SHARES
  • वर्षाका कारण सप्तरीमा डुबानमा परेका घरहरु भत्किए

     चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् ।वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताए ।

    images

    महदेवा–१ स्थित खाँडोखोलाको किनारमा घर भएका भुवन राम, रामचन्द्र राम र पवन रामको घर भत्किएको हो । घर भत्किएपछि भुवनको १० जनाको परिवार, रामचन्द्रको सात जनाको परिवार र पवनको पाँच जनाको परिवार विस्थापित भएका छन् ।

    यसैगरी डाक्नेश्री नगरपालिकामा पनि एक घर भत्किएको छ । डाक्नेश्री–३ का ७५ वर्षीय महन्थी सदाको बाँसको टाटी बेरा भएको एककोठे घर भत्किएको सप्तरी प्रहरीले जनाएको छ । घर भत्किँदा रु ५३ हजारको क्षति भएको सप्तरी प्रहरीले अनुमान गरेको छ ।

    यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित खाँडोखोलाको पानीले रामानन्द रायको मोटरसाइकल ग्यारेजमा पानी पस्दा मेसिनरी सामान, मोटर पार्ट्स गरी रु ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

    चार सय भिटिएम ट्युब प्रदान

    राजविराज लायन्स क्लबले कोरोना भाइरस सङ्क्रमणको विषम परिस्थितिमा सप्तरीवासीका लागि पिसीआर परीक्षण गर्न मङ्गलबार भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) ट्युब उपलब्ध गराएको छ ।

    लायन्स डिस्ट्रिक्ट ३२५ अन्तर्गत राजविराज लायन्स क्लबले एक समारोहमा गजेन्द्रनारायण सिंह अस्पताललाई ४०० भिटिएम किट उपलब्ध गराएको हो । सांसद मृगेन्द्रकुमारसिंह यादव र प्रदेश नं २ का सभा सदस्य मनिष सुमनले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झालाई भिटिएम हस्तान्तरण गरे ।

    भिटिएम ट्युब प्राप्त गरेपछि अस्पतालका निमित्त मेसु डा झाले राजविराज लायन्स क्लबलगायत विभिन्न संस्था र नागरिक समाजको सहयोगप्रति आभार व्यक्त गरे ।

    उनले राज्यले मात्र महामारीको सामना गर्न सम्भव नभएको भन्दै सप्तरीमा नागरिक समाज र विभिन्न सहयोगी संस्थाले गर्दै आएको मानवीय सेवाको खुलेर प्रशंसा गरे । 

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology