प्रणय दिवसको अबसर पारेर म्याग्देली प्रकाश कार्की र प्रदिप सुबेदीको लोक दोहोरी गिती एल्वम सम्बन्धको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोजगारीको सिलसिलामा युएई पुगेका कार्की र सुवेदीको म्युजिक भिडियो प्र नामको युत्युव च्यानलबाट सार्वजनिक भएको हो। उक्त म्युजिक भिडियोमा "पूर्वको फुल,पश्चिम फर्केको मैले धोका दिएकै हैन नि तिमी आँफै हो नि तर्केको" गीतको बोलमा म्याग्देली गायक झलक बिरही थापा र लक्ष्मी घतानले स्वर दिएका छन ।
रिलिज गरिएको भिडियोको निर्देशन मोना युएईका अध्यक्ष सुबास राम्जालीले ग्रेका छन भने छायांकन र सम्पादन निरोज लामाले गरेका छन् ।
मार्मिक शब्द र संगितले भरिपूर्ण यस गीतमा प्रदिप सुबेदी प्रकाश कार्की र सुस्मिता गुरुङले अभिनय गरेका छन । बिदेशमा बसे
पनि आफ्नो मनमा अधुरो रहेको रहर पुरा गर्ने क्रममा लोक गीत बनाएका हौ प्रदिप सुबेदी भ्ने। सोचेको जस्तो म्युजिक भिडियो बनाउन नसके पनि हामीहरु सँग भएको सिमित श्रोत र समयको सदुपयोग गर्दै भिडियोलाई राम्रो बनाउने कोशीस गरेका छौ बाँकी दर्शकहरुले कमेन्ट गर्नुहोला निर्देशक सुबास राम्जालीले बताए ।
यो गितको शब्द प्रदिप सुबेदिले लेखेका छन भने थेगो किसान भण्डारी र म्युजिक गायक झलक बिरही थापाले गर्नु भएको छ भने भिडियो मनोरम शहर दुबईमा बनाइएको हो ।