Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिड-१९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीनः विज्ञ

कोभिड-१९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीनः विज्ञ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७७ मंगलवार • ०८:२५:४८ बजे
  • 904
    SHARES
  • कोभिड-१९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीनः विज्ञ

    कोभिड-१९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्।

    images

    परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्। यसको सट्टा गर्भवतीले कोभिड १९ बिरुद्धको खोप लगाउन पाउँदैनन्।


    कुनै महिलाले पहिलो डोज खोप लिएका दोस्रो डोज लिनु अघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बंचित हुने हुनाले नलागउन सुझाएको हो।


    ‘ बिकसित देशमा बच्चा जन्माउने योजना हुन्छ, नेपालमा त्यो नहुने हुनाले सन्तान जन्माइहाल्ने दम्पत्तिको हकमा यस्तो सन्देश दिएको हो,’ डा. पोखरेलले भने।

    कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उपे्रतीका अनुसार यो खोप गर्भवती, सुत्केरी र १८ वर्ष मुनिकाहरूको लागि कति सुरक्षित छ भन्ने विषयमा अध्ययन नभइसकेकोले गर्भवतीले नलाउनु भनिएको हो।

    ‘ प्रजनन प्रक्रियासँग यो खोपको कुनै सम्बन्ध छैन, गर्भवतीले नलागाउनु भनेको गर्भवतीमा कति सुरक्षित छ भनेर अध्ययन नभइसकेकोले हो,’ उनले भने।

    खोपबारे फैलिएको भ्रम तथा अन्य कारणले दुई चरणमा चलेको खोप अभियानमा लक्षित संख्या भन्दा २० प्रतिशत कमले खोप लिएको महाशाखाको भनाइ छ।

    सरकारले दुई चरणमा गरी ४ लाख ८५ हजारलाई खोप दिने लक्ष्य लिएकोमा दोप अभियानमा जम्मा २ लाखले मात्र खोप लिएका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology