Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अमेरिकामा परीक्षण गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सफल,

अमेरिकामा परीक्षण गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सफल,

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७७ बुधवार • १४:१५:३७ बजे
  • 3.7K
    SHARES
  • अमेरिकामा परीक्षण गरिएको कोरोना भाइरसविरुद्धको  भ्याक्सिन सफल,

    एजेन्सी । अमेरिकामा परीक्षण गरिएको कोरोना भाइरसविरुद्धको एक भ्याक्सिन सफल सावित भएको वैज्ञानिकहरुले दावी गरेका छन । अमेरिकाको नेशनल ईन्स्टिचयुट अफ हेल्थ र मोडेरना ईन्कमा डा. एन्थोनी फाउचीको टिमले यो भ्याक्सिनको विकास गरेको हो ।

    images
     

    मानव परीक्षणको पहिलो चरण अन्तर्गत ४५ जना स्वयंसेवकहरुमा गरिएको परीक्षणमा सफलता हात लागेको वैज्ञानिकहरुले दावी गरेका हुन । उनीहरुका अनुसार यो भ्याक्सिन लगाएपछि मानव शरीरमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने प्रतिरक्षा प्रणालीको विकास अपेक्षा गरिए भन्दा बढी भएको छ ।

    वैज्ञानिकहरुकै शब्दमा, ‘सबै ४५ जनाको शरीरमा न्युट्रालाइजिंग एंटीबडीको विकास भएको छ । यो एन्टीबडी ईन्फेक्सन रोक्नका लागि महत्वपूर्ण हुन्छ ।’ मानव परीक्षणको क्रममा प्रत्येक ब्यक्तिलाई एक महिनाको अन्तरालमा दुई डोज भ्याक्सिन दिंदा कुनै खराब असर नदेखिएको वैज्ञानिकहरुले बताए ।

    तर केही सहभागीहरुमा भने फ्लु जस्तो लक्षण देखिएको थियो । तर यो सामान्य प्रतिकृया भएको वैज्ञानिकहरुले बताए । त्यस्तै अघिक डोज दिइएका तीन जना स्वयंसेवकहरुमा भ्याक्सिन लगाएपछि टाउको दुख्ने, जाडोको अनुभव हुने, ज्वरो आउने र सुई लगाएको स्थानमा दुख्ने जस्ता लक्षण पनि देखिएका थिए ।

    तर यी सबै लक्षणहरु अस्थायी प्रकृतिका भएको अनुशन्धानकर्ताहरुले बताएका छन । यो सफलतालाई डा. फाउचीले गुड न्युज अर्थात राम्रो खबर भनेका छन । फाउचीका अनुसार अब २७ जुलाईदेखि यो भ्याक्सिन ३० हजार मानिसहरुमा परीक्षण गरिनेछ । यो संख्या अहिलेसम्मकै ठुलो भनिएको छ ।

    वाण्डरविल्ट युनिभर्सिटी मेडिकल सेन्टरका अनुशन्धानकर्ता डा.विलियम साफनरले पनि यसलाई सफलताको सुचक भनेका छन । मंगलबार यो भ्याक्सिन सफल भएको खवर बाहिरिनासाथ मोडेरना ईन्कको शेयर १५ प्रतिशतले बृद्धि भएको थियो ।

    डा. फाउचीले यो भयाक्सिनको अन्तिम परीक्षणको क्रममा बृद्ध बृद्धाहरुलाई पनि सहभागी गराइने बताए । यसका साथै गंभीर रोगहरुबाट पीडितहरुमा पनि परीक्षण गरिनेछ । विश्वमा अहिले करिब दुई दर्जन भ्याक्सिनहरु परीक्षणको अन्तिम चरणमा रहेको एपीले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology