Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इङ्ग्ल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारत ३१७ रनले विजयी

इङ्ग्ल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारत ३१७ रनले विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७७ मंगलवार • १६:४२:१९ बजे
  • 2.4K
    SHARES
  • इङ्ग्ल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारत ३१७ रनले विजयी

    एजेन्सी। इङ्ग्ल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेट भारतले तीन सय १७ रनले जितेको छ । चार सय ८२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड चौथो दिनको खाना समयअघि नै एक सय ६४ रन बनाउँदा अलआउट भएपछि भारत विजयी भएको हो ।

    images

    इङ्ल्याण्डका लागि मोइन अलीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै कप्तान जोए रुट ३३ रनमा आउट भए । भारतका अक्षर पटेलले पाँच, रविचन्द्रन अश्विनले तीन र कुलदीप यादवले दुई विकेट लिए ।


    भारतले पहिलो पारीमा तीन सय २९ रन बनाउँदा इङ्ग्ल्याण्डको टोली एक सय ३४ रनमा अलआउट भएको थियो । यसरी भारतले पहिलो पारीको आधारमा एक सय ९५ रनको अग्रता बनाएको थियो ।


    दोस्रो पारीमा भारतले अश्विनको सानदार शतकको मदतमा दुई सय ८६ रन बनाउँदा इङ्ग्ल्याण्डले चार सय ८२ रनको विशाल लक्ष्य पाएको थियो ।

    दोस्रो टेस्ट भारतले जितेसँगै चार खेलको शृङ्खला एक–एकको बराबरीमा पुगेको छ । पहिलो टेस्ट इङ्ग्ल्याण्डले जितेको थियो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology