Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

च्याम्पियन्स लिग : बार्सिलोना घरेलु मैदानमा पराजित

च्याम्पियन्स लिग : बार्सिलोना घरेलु मैदानमा पराजित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ५, २०७७ बुधवार • १२:१५:२८ बजे
  • 1.8K
    SHARES
  • च्याम्पियन्स लिग : बार्सिलोना घरेलु मैदानमा पराजित

    एजेन्सी - किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को खेलको पहिलो लेगमा पीएसजी ४- १ गोलअन्तरले विजयी भएको हो ।

    images

    लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गरेपछि मंगलबार रातिको खेलमा गत वर्षको उपविजेता टोली पछि परेको थियो । तर, त्यसपछि एम्बाप्पेले उत्कृष्ट खेल प्रदर्शन गर्दै बार्सिलोनालाई हारको स्वाद चखाए ।

    ३२ औँ मिनेटमा उनले बराबरी गोल फर्काए भने दोस्रो हाफमा दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने उनी मात्र तेस्रो खेलाडी हुन् । पीएसजीका लागि चौथो गोल मोइस किनले गरे ।

    अब दोस्रो लेग २० मार्चमा पेरिसमा हुनेछ । उक्त खेलमा घाइते रहेका नेयमार पनि फर्किसक्ने पीएसजीले आशा गरेको छ ।

    मंगलबार राति नै भएका अन्य खेलमा लिभरपुलले आरबी लेइपजीलाइ २- ० ले हरायो । लिभरपुललाई जीत दिलाउन मोहमद शलाह र साडियो मानेले एक एक गोल गरे ।

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology