Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शोसन, दमन, हत्या, हिंसा, आतंक, जातीय विभेद र बलात्कार जस्ता जघन्य अपराध मुक्त समाज किन निर्माण हुन सकेन ?

शोसन, दमन, हत्या, हिंसा, आतंक, जातीय विभेद र बलात्कार जस्ता जघन्य अपराध मुक्त समाज किन निर्माण हुन सकेन ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७७ बुधवार • १७:२७:५२ बजे
  • 2.5K
    SHARES
  • शोसन, दमन, हत्या, हिंसा, आतंक, जातीय विभेद र बलात्कार जस्ता जघन्य अपराध मुक्त समाज किन निर्माण हुन सकेन ?

    कमल भण्डारी -  नेपालको व्यवस्था परिर्वतनको लागी धैरै पटक सशस्त्र युद्ध, बिद्रोह, नारा, जुलुस, नेपाल बन्द जस्ता आन्दोलन धेरै पटक भयो र यसको परिणाम व्यवस्था पनि रूपान्तरण भयो । त्यहि सुधारिएको र उच्च जनभाव समेटिएको निती कानून पनि शव्दमा लागु भयो तर यथार्थमा ढुङ्गे युग जस्ता को त्यस्तै छ जस्ताे भान भएकाे छ । विश्वको अन्य राष्ट्रको भन्दा पृथक र उच्च जनजनको भावना कदर गरिएको भनिएको संविधानले पनि शब्दको फड्को बाहेक केहि फेरबदल भएको नेपाली जनताले महसुस गर्न पाएका छैनन ।

    images

    संविधानले दिएको हक अधिकार केहि उच्च वर्ग बाहेक सामान्य नागरिकले ग्रहण गर्न पाएका छैनन । नेपालीलाई कानुनले सबै बिषयमा प्रत्याभूत गरेको छ । तर वास्तविक जीवनमा उल्टो दिशा तिर चलिरहेको छ । हाम्रो समाज अझै पनि भ्याकुर र कन्दा मूल खाने शैलिमा यथावत नै छ । बलवान र धनवानले जातोले मकै पिसे जस्तै यो बर्गको दमन कायम नै छ । जहाँ दमन हुन्छ त्यहाँ बिद्रोह हुन्छ जहाँ बिद्रोह त्यहाँ बिस्पोट हुन्छ भन्ने हेक्का हामी केहि नगन्य मानिसलाई मात्रै जानकारी भएको भान हुन्छ । राजनीतिक नेतृत्व नागरिक अगुवा समाजिक सेवामा वकालत गर्ने व्यक्ति भनेको केहि पात्रको मात्रै रक्षक हुन कि सिङगो समाजको ? ठुलोले सानोलाई, धनीले गरिबलाई, उच्च जातले तल्लो जातलाई, बलवानले कमजोरलाई हेप्ने र पेल्ने प्रवृतिको हावी यथावत नै छ । खोइ त नागरिकले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको सङघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाले परिकल्पना गरेको व्यवस्था यहि हो त ?

    समाजमा भएका जातीय बिभेद ठुलोले सानोलाई हेप्ने र अबसर मिले सम्म दवाउने कुसस्कार अझै पनि व्याप्त छ । यो रितिरिवाज, संस्कृति र संस्कार रूपान्तरण गर्न केहि गाह्रो पक्कै हुन्छ । यि यस्तै बिमेल भएका विषयलाई सम्बोधन गर्न र जनतालाई राज्य भएको महसुस गर्न राजनैतिक नेतृत्वलाई राज्य संचलानको जिम्मा दिएको नेतृत्व पनि किन मूकदर्शक भएर बस्छन । सत्य र असत्य बिचको खाडल पनि पत्ता लगाउन सकेन भने जनप्रतिनिधि भएर किन पद ग्रहण गरी बस्ने यो खालको प्रवृति त बाघको छाला स्यालको रजाइ भएनर ?

    शोषण दमन हत्या हिंसा आंतक जातीय बिभेद बलात्कार जस्ता जघन्य अपराध समाजमा अझै पनि ज्यू का त्यू छन । मानिस जति नै सभ्य र शिक्षित भए पनि व्यवहार भने उहि जंगली शैली कायम नै छ । बोलि एक व्यवहार अनेक भएको हाम्रो नेपाली समाज कहिल्यै पनि रूपान्तरण दिशामा उन्मुख भएको देखिदैन । सबै बिषयमा वकालत गर्नु भन्दा पनि मूख्य दुइ बिषय बस्तुमा सम्प्रेषण गर्दछु । एक बलात्कार र दुइ शोषण ।

    हिजो मात्रै फैसाला भएको न्यायालयको नतिजा हेर्न सकिन्छ कि सिद्धबाबा भनिने कृष्ण बहादुर गिरीको घटना आफनो भक्त्तलाई लोभ प्रलोभन र डर धम्की देखाइ एक जना बिबाहित महिलालाई बलात्कार गरे बलात्कार गरेका सबै प्रमाण हुदा पनि न्यायालयका न्याय मूतिहरूले सिद्धबाबाले बलात्कार होइन महिलाले आफनो राजि खुशि शरीर वा जवानी सुम्पिएकी हुन भनि उनलाई निर्दोष भएको फैसला गर्यो अब हामी अनुमान लगाउन सकिन्छ । नेपालको न्यायालय कति बिश्वासिलो र भरपर्दो छ भनेर यहाँ सानोलाई एन ठुलोलाई चयन भनेको यहि घटनाले सत्य प्रमाणिकरण गर्दछ । भोलि यस्ता प्रवृतिका मानव समाजमा जीवीत नै राख्नुपर्छ भनेर न्यायालयले अनुमोदन गरेको देखिन्छ । यहि कारण गर्दा होला हिजो निर्मला पन्त र अहिले भागरथि भट्टको बलात्कार त्यसपछि हत्या हुदा पनि सत्य तथ्य बाहिर आउन सक्दैन । यस्ता बिभत्स हत्या समाजमा दोरीरहन्छन । यस्ता घटना न्युनिकरणमा राज्यबाट केहि पहल भएको अनुभूति गर्न पाइदैन ।

    शोषण र दमन प्रवृति समाजमा अझै पनि जहाँको त्यहि छ । जसरी खरी जुगाले जनावरको शरीरमा मुख गाडेपछि आफनो भोजन पूरा नहुदा सम्म रगत चुसिरहन्छ । त्यस्तै हाम्रो समाजमा जंगली युगबाट प्रबेश गरेका केहि मानिस अझै पनि चितुवाको शैलीमा रगत चुस्ने प्रवृति यथावत नै छ । यस्ता खराब मनसाय र कंस बिचारले भरीपूर्ण भएका मानवको खोल अोडेर दानव भएका मनुस्यलाई न कानुनले संजाय दिन्छ न राजनितीक नेतृत्वले खवरादारी गर्न सक्छ । कानुनले बर्जित गरिएका बिषयलाई पनि किर्ते शैलीमा शोषण दमन गर्दा त्यहाँ न न्यायलय हुन्छ न नेतृत्व केवल त्यहा पीडितको रोदन र संकट बाहेक अन्य केहि उजागर हुन सक्दैन । अब हामीले कल्पना गर्न सकिन्छ विश्वको सबै भन्दा उत्कृष्ट संविधान भनेर यो शब्दको मात्रै पृथक व्यवहारमा चितुवा शैलीको कानुनले न न्याय दिन्छ न यसको अपनत्व लिन सकिन्छ । समाजमा भएका यस्ता खराव प्रवृतिका मानिसको धर्म कर्म मन बचन केहि हुदैन सबैले निषेधको अख्तियारी गरैा ।

    हाम्रो समाज राम्रो समाजको परिकल्पना सबैले मनन गरैा । शोषण दमन हत्या हिंसा आंतक जातिय बिभेद बलात्कार जस्ता जघन्य अपराध समाजबाट निषेध गर्ने अभियानमा सरिक बनाै । शोषण दमन मुक्त समाजको अंगिकार गरैा । सभ्य र सबल समाजको परिकल्पना हामी सबैको चाहाना भनि हातेमालो गर्दै उत्कृष्ट समाजको निर्माणमा सरिक बनाै।

  • सम्बन्धित विषय:

  • # विचार/ब्लग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology