Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई पनि कोरोना खोप दिइने

फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई पनि कोरोना खोप दिइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७७ बुधवार • १८:२९:२६ बजे
  • 1.7K
    SHARES
  • फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई पनि कोरोना खोप दिइने

    आगामी फागुन २३ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले फागुन २३ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो ।

    images

    ६० वर्षमाथिका करिब २८ लाख जनसंख्या होलान्’ मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले भने २० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेर ल्याउँदैछौं। कोभ्याक्समार्फत पनि आउँदैछ । त्यसैले खोपका अभाव हुन्न ।

    यसअघि मन्त्रालयले ५५ वर्षमाथिकालाई खोप दिने योजना अनुरूप आन्तरिक तयारी गरेको थियो। खोप व्यवस्थापनका लागि अहिले ६० वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखेको भन्दै उनले भने, छिट्टै ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका मानिसहरूले खोप पाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # कोरोना खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology