Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गुल्मी जीप दुर्घटनामा ३ जनाको मृत्यु, ६ घाइते

गुल्मी जीप दुर्घटनामा ३ जनाको मृत्यु, ६ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७७ बिहिवार • ०९:५३:३२ बजे
  • 2.1K
    SHARES
  • गुल्मी जीप दुर्घटनामा  ३ जनाको मृत्यु, ६ घाइते

    गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, दुर्घटनामा ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने दुर्घटनामा परेको हो ।

    images

    दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

    दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे। जीपमा सवार ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा पडाइएको प्रहरीले जनाएको छ ।

    ११ जना सवार रहेको जीपमा २ जना हाल फालेर जोगिएकाे प्रहरीले जनाएकाे छ। दुर्घटनामा परेको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको छ ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology