Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आईपीएलमा बिकेनन् सन्दीप

आईपीएलमा बिकेनन् सन्दीप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७७ बिहिवार • १८:५१:२१ बजे
  • 3.6K
    SHARES
  • आईपीएलमा बिकेनन् सन्दीप

    एजेन्सी /नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा अनसोल्ड भएका छन् ।चेन्नईमा जारी अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ थियो । तर सन्दीपलाई खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । सन्दीपले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपिएल खेलेका थिए ।

    images

    सन्दीप न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए । गत सिजनमा दिल्लीले सन्दीपलाई पूरै बेन्चमा राखेको थियो । दिल्लीले फुकुवा गरेपछि सन्दीप अक्सनमा सहभागी भएका थिए ।

    सन्दीपले दिल्लीबाट तीन सिजन विताउँदै कुल ९ खेलमा १३ विकेट लिएका थिए । सन् २०२० मा पुरै समय बेन्चमा बसेपनि २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए । अब अक्सनको अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुनस् आउन सक्छन् । अनसोल्ड भएका खेलाडी अन्तिम समयमा विक्री भएमा न्यूनतम मूल्यमा खेल्ने सम्भावना बढी हुन्छ ।

  • सम्बन्धित विषय:

  • # सन्दीप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology