Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक लाख घुससहित ढोरपाटन नगरपालिकाका इन्जिनियर पक्राउ

एक लाख घुससहित ढोरपाटन नगरपालिकाका इन्जिनियर पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७७ बिहिवार • ०८:१५:५९ बजे
  • 1.5K
    SHARES
  • एक लाख घुससहित ढोरपाटन नगरपालिकाका इन्जिनियर पक्राउ

    बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।उनलाई पोखरास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो।

    images

    ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए।

    अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए। घुस रकम लिन सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको स्रोतले बतायो।आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले एक लाख रुपैयाँ घुस मागेका थिए। सुराकीको आधारमा जिरोकिलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology