Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पृथ्वीबाट उडेको ७ महिनापछि मंगल ग्रहमा अवतरण गर्याे अमेरिकी अन्तरिक्षयान

पृथ्वीबाट उडेको ७ महिनापछि मंगल ग्रहमा अवतरण गर्याे अमेरिकी अन्तरिक्षयान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७७ शुक्रवार • १२:३०:०८ बजे
  • 2.3K
    SHARES
  • पृथ्वीबाट उडेको ७ महिनापछि मंगल ग्रहमा अवतरण गर्याे अमेरिकी अन्तरिक्षयान

    एजेन्सी /अमेरिकी अन्तरिक्षयान पर्सिभिअरेन्स पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा सफल अवतरण गरेको छ । नेपाली समयानुसार आज बिहान २ बजेर ४० मिनेटमा पर्सिभिअरेन्स रोभर नामक सो अन्तरिक्षयान मंगल ग्रहको सतहमा अवतरण गरेको हो ।

    images

    अमेरिकी अन्तरिक्ष संस्था नासाको क्यालिफोर्नियास्थित नियन्त्रण कक्षमा अन्तरिक्ष यानको सफल अवतरणसँगै वैज्ञानिकहरूले हर्षोल्लास मनाएका छन् । वैज्ञानिकहरु मिसन सफल भएकोमा खुसीले चिच्याएका थिए । नासाले मंगलग्रहमा अन्तरिक्षयान अवतरण गरेपछि खिचेका केही तस्वीरहरु पनि सार्वजनिक गरिसकेको छ ।

    यो सन् १९७० को दशकको भाइकीङ मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावना बारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो । एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ । छ वटा पाङ्ग्रा भएको सो रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पुगेको हो ।

    मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो । अहिलेसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् । ती सबै अमेरिकी अभियान हुन् ।

  • सम्बन्धित विषय:

  • # मंगल ग्रह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology