Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पशुपतिमा सुनको जलहरी राख्न क्षमापूजा शुरू

पशुपतिमा सुनको जलहरी राख्न क्षमापूजा शुरू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७७ सोमवार • ०९:५१:१० बजे
  • 1.7K
    SHARES
  • पशुपतिमा सुनको जलहरी राख्न क्षमापूजा शुरू

    पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ । रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न लागिएको हो ।

    images

    १ सय २१ जना पण्डितले शिव र शक्तिको आराधना गरेसँगै क्षमापूजा शुरू गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । जलहरी राख्नुअघि भारतबाट आएका २५ जना पण्डित तथा नेपालका ९६ पण्डितले शनिबारदेखि विधिपूर्वक पाठ, जप, हवन आदि गरिरहेका पण्डित लक्ष्मण पन्थी बताउनुहुन्छ । सो पूजा आगामी बुधबारसम्म चल्नेछ । सुनको जलहरी निर्माण कार्य थालिएकाे एक हप्तामा सुनको जलहरी राखिसक्ने कोषले जनाएको छ । पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ ।

    जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ । सुनको जलहरी बनाउन १ सय ८ किलो सुन लाग्ने कोषले जनाएको छ ।गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई ३० करोड रुपियाँ बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिनुभएको थियो ।, यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # पशुपति मन्दिर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology