आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिका–८ बाट ३५ वर्षीय पुरुष पक्राउ परेका छन् सुनसरीको धरान उपनगरपालिकापा–१३ घर भई बिर्तामोडमा डेरा गर्दै आएका ती पुरुषलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।
बालिकालाई घरमा कोही नभएको अवस्थामा उनले एक महिनादेखि पटकपटक बलात्कार गर्दै आएको खबर पाएपछि इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।