Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ गलकोट खरुवाका किसानले सामूहिक किबी खेती अभियान थाले

बागलुङ गलकोट खरुवाका किसानले सामूहिक किबी खेती अभियान थाले

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १०, २०७७ सोमवार • १३:००:२३ बजे
  • 2.0K
    SHARES
  • बागलुङ गलकोट खरुवाका किसानले सामूहिक किबी खेती अभियान थाले

    बागलुङको गलकोट नगरपालिका ४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन् ।

    images

    गलकोट नगरपालिकाको रु एक लाख ५० हजार आर्थिक सहयोग र बराहथान किबी उत्पादक कृषक समूहको आफ्नो लगानीबाट शनिबार ३०० किबीका बिरुवा रोपिएको हो । किबीका लागि खाडल खन्ने, ढुवानी र रोपण गर्ने समयसम्म रु सात लाख खर्च भएको समूहका अध्यक्ष उमाकान्त सुवेदीले बताए ।

    नगरले समूहलाई अनुदान दिएको छ, किसानको मेहनत र नगद लगानीसमेत सामूहिक रुपमा भएको छ उनले भने, व्यावसायिक उत्पादनको आशा राखेका छौं । किसानले एक हजार ५०० बिरुवा रोप्ने योजना बनाएका छन् । पहिलो चरणमा १५ रोपनी जमीन व्यवस्थापन गरेर थालिएको अभियानलाई अझै बढाउने र किबीको पकेट क्षेत्र बनाउने योजना पनि उनीहरुले सुनाए । सुवेदीले भने यो पहिलो चरणको थालनी मात्रै हो । किसानले थालेको अभियानमा वडाध्यक्ष बलबहादुर खत्रीले साथ दिने प्रतिबद्धता जनाए ।

    साथै उनले बिरुवा खोजी र बजारीकरणको अभियानमा साथ दिने बताए । गलकोट नगरपालिकाका कृषि अधिकृत हरिदत्त सुवेदीले किसानको मेहनतलाई प्राविधिक सहयोग गरेर सफल बनाउने बताए । गलकोट क्षेत्रका केही किसानले व्यक्तिगत रुपमा लगाएको किबीले राम्रो फसल दिएकाले यहाँको माटो किबीका लागि उर्वर रहेको मानिएको छ ।

    धान कोदो लगाउँदा दुःख धेरै आम्दानी कम हुने अवस्था छ किसान सुवेदीले भने, किबीको बजार राम्रो छ, तत्कालै नगद पर्ने भएकाले पनि किसानका खर्च चलाउन सहज हुन्छ ।खेतबारी र पाखोबारीका साथै किसानले वनमारा फँडानी गरेर खेतीयोग्य जमीन छेउका पखेरामासमेत बिरुवा लगाउने योजना बनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # किबी खेती
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology