Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सञ्चारकर्मी रवि लामिछाने लगायतको संलग्नतामा नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा

सञ्चारकर्मी रवि लामिछाने लगायतको संलग्नतामा नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • १४:४१:१८ बजे
  • 1.6K
    SHARES
  • सञ्चारकर्मी रवि लामिछाने लगायतको संलग्नतामा नयाँ टेलिभिजन  ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा

    पोखरा - न्यूज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग सञ्चालन गरेका सञ्चारकर्मी रवि लामिछाने लगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए ।

    images

    न्यूज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए ।

    उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं लामिछानेले भने ।

    टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology