पोखरा - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैदिन ६ सय भन्दा बढिको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले आज एकैदिन ६१९ जना थप कोरोना सङ्क्रमको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो ।
कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपाली सेनाले यसअघि नै थप एक हजार भन्दा बढी कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गरेको जनाएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारमात्रै ६ सय १८ जना थपेको हो ।
पछिल्लो २४ घण्टामा भने एक जनाको मात्र मृत्यु भएको छ ।
सेनासँगको तथ्याङ्कसँग रुजु गरेको धेरै समय भए पनि स्वास्थ्य मन्त्रालयले बुधबार मात्र ६ सय १८ जना मृतक थपेको हो ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पहिले विभिन्न समयमा छुटेकाहरुलाई समेटेर अंक मिलाइएको बताउनु भयो ।यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ८४ पुगेको छ ।