Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको पहिलो लेगमा सहज जित

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको पहिलो लेगमा सहज जित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १३, २०७७ बिहिवार • १०:२१:४९ बजे
  • 1.4K
    SHARES
  • च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको पहिलो लेगमा सहज जित

    पोखरा - म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।

    images

    प्रिमियर लिग क्लब सिटीले बुधबार राति भएको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

    पुस्कास एरिनामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र ग्राबियल जिससले एक–एक गोल गरे ।

    खेलको २९ औं मिनेटमा सिल्भाको गोलबाट सिटीले अग्रता बनाएको थियो । ६५ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

    यो जितसँगै सिटीले पहिलो लेगमा आफूलाई बलियो बनाएको छ ।  दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ । 
     

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology