मयूरपाटी – म्याग्दी बाढीपहिरोमा परी घाइते भएकालाई उपचारका लागि मयूरपाटी डटकम, यूवा दलित संजाल म्याग्दी र राजनीतिक दलित संघर्ष समितिले संयुक्त रुपमा आर्थिक सहयोग गरेको छ ।
म्याग्दीमा गत हप्ताको अविरल वर्षाका कारण बाढीपहिरोमा परी पोखराको मनिपाल अस्पतालमा उपचाररत घाइतेहरुलाई संयुक्त रुपमा चालिस हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
पोखराको मनिपाल अस्पतालमा उपचाररत मन्जिता सिर्पाली, गौमति सुनार, सतदेवि बितालु र पुर्ण बहादुर नेपालीलाई प्रति व्यक्ति दश हजारका दरले संयुक्त रुपमा मयूरपाटी डटकमले पन्ध्र हजार, यूवा दलित संजाल म्याग्दीले बिस हजार र राजनीतिक दलित संघर्ष समितिले पाँच हजार गरी चालिस हजार आर्थिक सहयोग गरेको छ ।
गत हप्ता म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका–७ लगायतका स्थानमा अविरल वर्षाका कारण बाढीपहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको छ । बाढीपहिरोमा परी २९ जनाले ज्यान गुमाएका छन भने अझै केही बेपत्ता भएका छन । बाढीपहिरोमा परी केही घाइते भएका छन् भने केही विस्थापित भएका छन् । घाइतेहरुका उपचारमा आर्थिक समस्या देखिए पछि मयूरपाटी डटकम, यूवा दलित संजाल म्याग्दी र राजनीतिक दलित संघर्ष समितिका टिम संयुक्त रुपमा मनिपाल अस्पतालमा पुगेर आर्थिक सहयोग गरेका हुन् ।
म्याग्दी बाढीपहिरोमा परी घाइते भएकाको लागि उपचार निशुल्क गर्न पहल
म्याग्दी बाढीपहिरोमा परी घाइते भएकालाई निशुल्क उपचारका लागि यूवा दलित संजाल म्याग्दी र राजनीतिक दलित संघर्ष समिति म्याग्दीले संयुक्त रुपमा पहल गरेको छ ।
पोखराको मनिपाल अस्पातालमा उपचाररत मन्जिता सिर्पाली, गौमति सुनार, सतदेवि बितालु र पुर्ण बहादुर नेपालीलाई निशुल्क उपचारका लागि दलित अधिकारकर्मी टेक बहादुर बिश्वकर्मा,दलित राजनितिक संघर्ष समिती म्याग्दीका अध्यक्ष याम किसान यूवा दलित संजाल म्याग्दीका अध्यक्ष किसान बिश्वकर्मा, कुमार किसान र शिव बिश्वकर्मा लगायतको विशेष पहलमा निशुल्क उपचारको लागि समन्वय गरिएको छ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन , मुख्य मन्त्रीका राजनितीक सल्लाहकार गोबिन्द नेपाली र साजिक विकास मन्त्री नरदेवि पुन संग निशुल्क उपचारको लागि समन्वय गरिएको छ । साजिक विकास मन्त्री नरदेवि पुनले बाढीपहिरोमा परी घाइते भएकालाई निशुल्क उपचारका लागि अस्पातालमा पुगेर पत्र समेत दिनुभएको छ ।